ट्रम्पको प्रशासन आफूलाई मार्ने योजनामा अघि बढिरहेको भेनेजुयलाका राष्ट्रपतिको आरोप

ट्रम्पको प्रशासन आफूलाई मार्ने योजनामा अघि बढिरहेको भेनेजुयलाका राष्ट्रपतिको आरोप

असोज २६, भेनेजुयलाका राष्ट्रपति निकोलास मादुराले अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासन आफूलाई मार्ने योजनामा अघि बढिरहेको आरोप लगाएका छन् । दुई मुलुकको सम्बन्धमा देखिएको तनावको बीचमा भेनेजुयलाका राष्ट्रपतिको तर्फबाट यस किसिमको भनाइ आएको हो ।

मादुरोको यस किसिमको टीप्पणीको विषयमा अमेरिकाको राष्ट्रिय सुरक्षा परषद्का प्रवक्ताले अमेरिकाको नीति सधैं शान्तिको पक्षमा रहेका जानकारी दिएका छन् । उनले भेनेजुयलामा प्रजातन्त्र बलियो होस् भन्ने मात्र अमेरिकाको नीति रहेको बताए ।

भेनेजुयलाका विपक्षीहरुले भने मादुरोले आफ्ना सबै विपक्षीहरुलाई प्रतिस्पर्धामा आउनबाट रोक्ने नीति लिएको आरोप लगाउँदै आएका छन् । तेलको धनी मुलुकमा देखिएको संकटको कारण सन् २०१५ यता भेनेजुयलाबाट करिब २० लाख मानिसहरु पलायन भइसकेका छन् ।

भेनेजुयलामा देखिएको खाद्यान्न अभाव, अत्यधिक महँगी र हिंसाको कारण मुलुक छाड्ने मानिसहरुको संख्या बढ्दो क्रममा छ । केही समयअघि अमेरिकाले भेनेुजयलाका राष्ट्रपति मादुरो तथा उनका अधिकारीहरुलाई अरुलाई आफ्नो प्रतिस्पर्धामा आउनबाट रोकेको भन्दै अमेरिका भ्रमणमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । (एजेन्सी) buy Cialis Black online cheap, buy lioresal online.

प्रतिक्रिया दिनुहोस्