सिन्धुलीका ९ वटै स्थानीय तहमा नेकपाका कमिटी एकीकरण

सिन्धुलीका ९ वटै स्थानीय तहमा नेकपाका कमिटी एकीकरण

Viagra Jelly online, zithromax online. असोज २६, सिन्धुलीका ९ वटै स्थानीय तहमा नेकपाका कमिटी एकीकरण भएका छन् । ३ नम्बर प्रदेश कमिटीको अनुमति लिएर नेकपाको सिन्धुली जिल्ला कमिटीको समन्वयमा जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिकामा तत्कालीन एमाले र माओवादीका कमिटी एकीकरण भएका हुन् । यद्यपि, नेकपाको जिल्ला कमिटीको एकीकरण भने भएको छैन ।

तत्कालीन एमालेका जिल्ला इन्चार्ज कमलजंग राई र अध्यक्ष प्रदीप कटुवाल तथा तत्कालीन माओवादीका जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवार र संयोजक राजन दाहालले संयुक्त रुपमा परिपत्रमार्फत स्थानीय तहको एकीकरण टुंगो लगाएका हुन् ।

जिल्लाका ९ स्थानीय तहमध्ये दुबै नगरपालिका सहित ५ स्थानीय तहमा तत्कालीन एमालेले अध्यक्ष पाएको छ । तत्कालीन माओवादीले चार गाउँपालिकामा अध्यक्ष पाएको छ । पूर्वएमालेले अध्यक्ष पाएको ठाउँमा पूर्वमाओवादीले सचिव पाएको छ भने पूर्वमाओवादीले अध्यक्ष पाएको ठाउँमा पूर्वएमालेले सचिव पाएको छ ।

प्रतिक्रिया दिनुहोस्