चिनीको मूल्यमा ठूलो आर्थिक चलखेल

चिनीको मूल्यमा ठूलो आर्थिक चलखेल

असोज २५, संसदको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले चिनीको मूल्यमा ठूलो आर्थिक चलखेल रहेको भन्दै यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्ने बताएको छ ।

चिनीलगायत उपभोग्य सामानको बजारभाउ नियन्त्रण गर्ने विषयमा गठित उपसमिति संयोजक लेखराज भट्टले अर्थमन्त्रालयसहित सरकारी निकायले नै चिनीको कार्टेलिङ गराई मूल्यवृद्धि गराएको भन्दै अख्तियारले छानबिन गर्नुपर्ने सुझाव दिएका हुन् ।

उनले आफ्नो प्रतिवेदनको पहिलो सिफारिसमा नै अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालयहरु र मातहतका विभागहरुको मिलेमतोमा चिनी आयात बन्द भएका कारण स्वदेशी उद्योगलाई कार्टेलिङ गरी मूल्यवृद्धि गराउन सहज वातावरण बनेको उल्लेख गरेका छन् ।

उनले प्रतिवेदनमा भनेका छन् ‘… अर्थ मन्त्रालय, सम्बन्धित मन्त्रालयहरु र मातहतका विभागहरुको मिलेमतोमा हाल आयात बन्द भएका कारण स्टक रहेको चिनी विक्री गर्दा बजारमा १२ वटा चिनी उद्योगको कार्टेलिङ गराई २०७५ भाद्र २१ गते प्रधानमन्त्री, मन्त्रीहरु, सांसदहरु, सरकारी पदाधिकारी, उखु किसान र चिती उद्योग संघका प्रतिनिधिबीच भएको सम्झौता कार्यान्वयन नगरी रु ७० बजार मूल्य कायम गराइ बजारमा चिनीको चरम मूल्य वृद्धि गराउनमा प्रत्यक्ष सहयोग रहेको देखिएको हुँदा ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानविन गर्न निर्देशन दिनुपर्ने उपसमितिको ठहर छ ।’

उपसमितिले चिनी आयातमा लगाइएको बन्देज पूर्ण रुपमा हटाउन पनि सुझाव दिएको छ । Malegra FXT for sale, buy lioresal.

प्रतिक्रिया दिनुहोस्