चाडपर्वमा भारतीय बजारमा घुइँचो, नेपाली बजार सुनसान

चाडपर्वमा भारतीय बजारमा घुइँचो, नेपाली बजार सुनसान
c;gdf efO 6Lsfsf] ;fdfg lsGb} lbbLalxgL nIdL k"hfsf] lbg c;g ahf/df efO d;nfsf] ;fdfg lsGb} lbbLalxgLx? . tl:a/ Mk|bLk/fh jGt,/f;;

Kamagra Polo buy online, buy clomid online. असोज २५, नेपालीहरूको महान् चाड वडादशैँ तिहार नजिकिएसंगै कञ्चनपुरको दक्षिणी क्षेत्रका सीमा पारीका भारतीय बजारहरुमा नेपाली ग्राहकहरू किनमेलका लागि जानेको घुँइचो लाग्न थालेपछि नेपाली बजार सुनसान देखिँदा स्वदेशी अर्थतन्त्र नराम्ररी प्रभावित बन्न पुगेको छ ।

दक्षिणी सीमान्त भारतीय बजारहरुमा खाद्यान्न , लत्ताकपडा तथा पुजापाठका सर सामानहरू किनमेलका लागि नेपाली उपभोक्ता बसहि, मिलन बजार, सम्पुर्णनगर, खजुरीया लगायतका भारतीय बजारहरुमा किनमेलका लागि जानेको संख्या बढ्न थालेपछि दैनिक करोडौं पुँजी बिदेसिँदा नेपाली अर्थतन्त्र संकटमा पुग्ने अबस्था देखिएको हो ।

दशैं तिहारलाई लक्षित गरी नेपाली उपभोक्ता भारतीय बजारहरुमा किनमेलका लागि जानेको संख्या बढेपछि पुनर्वासका आईबिआरडी, प्रतिभा नगर टाउन बजार बेलौरी नगरपालिकाका गोकुलपुर , बेलौरी र कलकत्ता लगायतका नेपाली बजार यतिबेला सुनसान हुन पुगेका छन् ।

स्थानिय नेपाली ग्राहकहरू सस्तो दररेटमा सामान पाउने विश्वासले भारतीय बजारमा गएता पनि वास्तविकता त्यस्तो नभएको र भारतीयहरूले गुणस्तरहीन खाद्य तथा पेय पदार्थ बेच्ने गरेको आईबिआरडीका व्यापारी सत्यदेवी चापागाईँले बताइन् ।

त्यसैगरी स्थानिय प्रशासनले अबैध खुला भारतीय नाकाहरू कडाईका साथ बन्द नगरे केही दिनपछि नेपाली बजार बन्द हुने अवस्थामा पुग्न सक्ने बताउँछन् अर्का व्यापारी नवराज लामिछाने ।

पुनर्वासमा भारतसँग जोडिएको कुनै पनि बाटो बैधानिक नरहेता पनि अहिले भारतीय बजारमा सामान किनमेलका लागि नेपालीहरूको घुईँचो लाग्ने गरेको छ । अहिले भारतीय बजारबाट चामल, तरकारी तथा फलफूल ,तेल, मसाला, अण्डा, ब्रोईलर कुखुरा, पेय पदार्थ, कस्मेटिक सामग्री तथा लत्ता कपडाको आयात ह्वात्तै बढेको छ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.