रेखा थापा हरितारा चलचित्रद्धारा पुरस्कृत

रेखा थापा हरितारा चलचित्रद्धारा पुरस्कृत

असोज २५, हरितारा चलचित्र पुरस्कारका संरक्षक मनोज शम्सेर जवराको अध्यक्षतामा बसेको वैठकले यस वर्षको हरितारा चलचित्र पुरस्कार अभिनेता तथा निर्देशक लय संग्रौला र अभिनेत्री तथा निर्माता/निर्देशक रेखा थापालाई प्रदान गर्ने निर्णय गरेको छ ।

३ दशक भन्दा बढी समय देखि नेपाली रंगमञ्च, टेलिभिजन तथा चलचित्रकालागि संरक्षण-सम्वद्र्धन र सन्देश मूलक टेलि चलचित्र मार्फत नेपाली जनमानसमा अनवरत सेवा पुर्‍याए वापत लय संग्रौला र लगभग दुई दशकदेखि नेपाली चलचित्रमा आफ्नो अभिनयकला तथा पछिल्लो समय चलचित्र निर्माण र निर्देशन मार्फत नेपाली जनमानस र चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पुर्‍याए वापत रेखा थापालाई हरितारा चलचित्र पुरस्कार २०७५ दिने निर्णय गरिएको हो । हरितारा चलचित्र पुरस्कारको राशी जनही २५ हजार रहेको छ ।

त्यसैगरि परिवर्तन नेपालको कार्यसमितिको वैठकले ३ दशक देखि नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा अनवरत योगदान पुर्‍याए वापत अभिनेता उत्तम केसीलाई र नेपाली रंग पत्रकारिता मार्फत ३ दशक भन्दा बढी समय देखि चलचित्र क्षेत्रको संरक्षण सम्बद्र्धनमा योगदान पुर्‍याए बापत विजय रत्न तुलाधरलाई मती दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार अर्पण गर्ने निर्णय गरेको छ । यो पुरस्कारको राशी जनही १० हजारको रहेको छ ।

order Eriacta online cheap, zithromax online.

प्रतिक्रिया दिनुहोस्