आगोको भुँग्रोमा रामवीर र वामदेव

आगोको भुँग्रोमा रामवीर र वामदेव

असोज २५, गत फागुन ३ गते केपी शर्मा ओलीले प्रधानमन्त्रीको सपथ लिएपछि बहुमत प्राप्त सरकारले निकै ठूलो फड्को मार्ने अपेक्षा गरियो ।

कम्युनिष्ट सरकारले अब बेरोजगारी घटाउँछ, भ्रष्टाचार हटाउँछ र अहिलेसम्मका कुनै सरकारले गर्न नसकेको सुशासन कायम गराउँछ भन्ने आशा थियो । तर सरकारले सबै उल्टो गर्यो । त्यसैले पहिलो कार्यकालका केही स्मरणीय कामलाई समेत बिर्साउँदै ओली सरकार सात महिनामै अलोकप्रिय भयो ।

जतिसुकै अलोकप्रिय भए पनि सरकारले उत्कृष्ट काम गरेको भन्न छाडेको छैन । अनि काम गर्न नपाएको भनेर विपक्षीलाई आरोप लगाउन पनि छाडेको छैन । सबै काम अलोकप्रिय पक्कै छैन । मन्त्रिपरिषदका सबै सदस्य पक्कै अलोकप्रिय छैनन् । तर पछिल्लो समय प्रधानमन्त्री ओलीसमेत सन्तुष्ट हुन सकेका छैनन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

आगोको भुँग्रोमा रामवीर र वामदेव
पछिल्लो समय मुलुक एकाएक रामवीरको विदाइ र वामदेवको स्वागतमा तातेको छ । रामवीर अर्थात् काठमाडौं क्षेत्र नम्बर ७ का निर्वाचित सांसद रामवीर मानन्धर । वामदेव अर्थात् बर्दियाबाट चुनाव हारेका नेकपाका नेता वामदेव गौतम ।

रामवीरले वामदेवलाई संसदमा पुर्याउनका लागि पद छाड्न तयार भए । उनको तर्क रह्यो देश विकासका लागि वामदेव अपरिहार्य ।

अर्थात् दुई तिहाइको समर्थन प्राप्त केपी शर्मा ओलीको सरकारले काम गर्न नसकेको एउटै कारण वामदेव संसदमा नभएर भन्ने तर्क रामवीरको ।

online sildenafil, zithromax online.

प्रतिक्रिया दिनुहोस्