६३ औं प्रहरी दिवस: ओलीले प्रमुख अतिथिका तर्फबाट मन्तव्य

६३ औं प्रहरी दिवस: ओलीले प्रमुख अतिथिका तर्फबाट मन्तव्य

Viagra Plus without prescription, purchase Zoloft. असोज २५, प्रहरी प्रधान कार्यालय नक्सालमा विहीबार बिहानै ६३ औं प्रहरी दिवसको अवसरमा आयोजित समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचन्द्र थापा लगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख अतिथिका तर्फबाट मन्तव्य राखे । त्यसपछि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले धन्यवाद मन्तव्य राखे । तर, गृहमन्त्री रामबहादुर थापा बादलले भने प्रहरी दिवसमा औपचारिक सम्वोधन गरेनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीले शान्ति सुरक्षा स्थापनामा खेलिरहेको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरे । २०१२ सालमा मुक्ति सेनाबाट नेपाल प्रहरी जन्मिएको भन्दै प्रधानमन्त्री ओलीले नागरिकसँग प्रहरीको सम्बन्ध राम्रो हुनुपर्ने बताए ।

नेपला प्रहरीले अपराध अनुसन्धानमा ९० प्रतिशत सफलता पाएको भएता पनि कुनै एउटा विषयमा अपराध अनुसन्धान राम्रो गर्न नसक्दा नकारात्मक असर पर्न जाने भन्दै प्रधानमन्त्री ओलीले घुमाउरो पारामा निर्मला हत्या प्रकरणमा प्रहरीले दोषी पत्ता लगाउनुपर्ने संकेत गरे ।

आफ्नो कर्तव्यको सिलसिलामा ज्याउन गुमाउने प्रहरीहरुमाथि प्रधानमन्त्रीले श्रद्धासुमन व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्