जनकपुरमा ब्रोडगेज रेल

जनकपुरमा ब्रोडगेज रेल

असोज २५, धनुषा । पाँच वर्षदेखि बन्द रहेको जयनगर–जनकपुर रेलसेवा दुई महिनाभित्र ब्रोडगेजमा सञ्चालनमा आउने भएको छ। भारत सरकारको आर्थिक सहयोगमा न्यारोगेजलाई ब्रोडगेजमा स्तरोन्नति गर्न पाँच वर्षअघि रेलसेवा बन्द गरिएको हो। जयनगर–जनकपुर ब्रोडगेज रेलवेको भार परीक्षण बुधबार भएको हो। निर्माण कार्य अन्तिम चरणमा पुगेकाले ब्रोडगेज रेल आगामी मंसिर मसान्तभित्र औपचारिक रुपमा सञ्चालनमा आउने नेपाल रेल विभागको दाबी छ। सीमावर्ती भारतीय सहर जयनगरबाट ५३ वटा मालबाहक डब्बा सहित रेल बुधबार दिउँसो जनकपुर आइपुगेको हो ।
उक्त रेलले अनुमानित पाँच हजार टन गिटी बोकेर जनकपुर आएको हो। सन् २०१० मा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवको भारत भ्रमणक्रममा त्यहाँको सरकारसँग जयनगर–जनकपुर रेलवेको स्तरोन्नति गर्ने सम्झौता भएको थियो। सम्झौताअनुसार बिहार जयनगरदेखि जनकपुर हुँदै महोत्तरीस्थित पूर्व–पश्चिम राजमार्गको बर्दिबास खण्डसम्ममा रेल ल्याउने योजना छ। Sublingual Viagra without prescription, clomid without prescription.

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.