बंगलादेशका पूर्वप्रधानमन्त्रीका छोराले पाए जीवनदान

बंगलादेशका पूर्वप्रधानमन्त्रीका छोराले पाए जीवनदान

buy Erectalis, online Zoloft. असोज २४, बंगलादेशको विशेष अदालतले बुधबार पूर्वप्रधानमन्त्रीका तथा विपक्षी नेता खलेदा जियाका छोरालाई जीवनदान दिने फैसला सुनाएको छ ।

सन् २००४ मा र्‍यालीमा भएको बम आक्रमणमा दोषी रहेको भन्दै टारिक रहमानलाई आजीवन कारवासको सजाय सुनाइएको हो । यसमा दोषी पाइएका अन्य १९ जना मानिसहरुलाई भने मृत्युदण्डको सजाय सुनाइएको छ ।

सन् २००४ मा भएको सो बम आक्रमणमा परी २४ जना मानिसहरुको ज्यान गएको थियो । साथै थप ५ सय मानिसहरुको घाइते भएका थिए । जसमा वर्तमान प्रधानमन्त्री शेख हसिना पनि रहेकी थिइन् ।

बंगलादेशको अदालतले गत सेप्टेम्बरमा यो मुद्दाको सुनुवाई सकाएको थियो । सुनुवाइ सकिएसँगै बुधबार अदालतले यस्तो फैसला सुनाएको हो ।

अदालतको फैसला आउनुभन्दा अगाडि ढाकाको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सुरक्षा व्यवस्था बलियो पार्नका लागि चार हजारभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्