भीड नियन्त्रणका लागि ७ वटै प्रदेशमा अत्याधुनिक ‘वाटर क्यानन’

भीड नियन्त्रणका लागि ७ वटै प्रदेशमा अत्याधुनिक ‘वाटर क्यानन’

श्रावण २, नेपाल प्रहरीले भीड नियन्त्रणका लागि ७ वटै प्रदेशमा अत्याधुनिक ‘वाटर क्यानन’ राख्ने भएको छ ।

प्रहरी प्रधान कार्यालयले ७ वटा ‘वाटर क्यानन’ खरिद गर्ने प्रक्रिया थालेको हो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको पहलमा अर्थ मन्त्रालयबाट बजेट निकासा गरेर खरिद प्रक्रिया सुरु गरिएको स्रोतले बतायो ।

‘लञ्चर फिट गरिएको क्याननले चारैतिर घुमेर फोहोरा हान्न सक्नेछ’, प्रहरीले स्रोतले भन्यो, ‘त्यसबाटै अश्रुग्यास, ग्रिनेट पनि हान्न सकिनेछ ।’

चीनको एक मल्टिनेश्नल कम्पनीबाट ५ वटा क्यानन ल्याउने प्रक्रिया सुरु गरिएको हो । ‘५ वटा क्यानन २ देखि ३ महिनाभित्र आउने निश्चित भएको छ’, उनले भने, ‘थप दुई वटाका लागि चाहिँ अलि समय लाग्ने भएको छ ।’

यसअघि प्रहरी प्रधान कार्यालयमा एउटा मात्र ‘वाटर क्यानन’ थियो, जुन काठमाडौं उपत्यकाहरुमा आन्दोलन वा प्रदर्शन हुँदा पानीको फोहोरा हान्न प्रयोग हुन्छ । तर, अन्यत्र एकै पटक लाठी चार्ज वा अश्रुग्यास हान्ने गरिएको छ ।

एउटा वाटर क्याननको साढे ४ करोड भन्दा बढी पर्छ । यसअघि आईजीपी भएपछि पहिलो पटक पत्रकार सम्मेलन गर्दै खनालले प्रहरीलाई थप वाटर क्यानन अत्यावश्यक भएको खरिद प्रक्रिया अघि बढाएको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

cheap essay help