आखेटोपार बेचविखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन वनमन्त्री बेलायत प्रस्थान

आखेटोपार बेचविखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन वनमन्त्री बेलायत प्रस्थान

baclofen tablets buy, order zithromax. असोज २४, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत बेलायत प्रस्थान गरेका छन् । अवैध वन्यजन्तुको अंगप्रत्यंग (आखेटोपार) बेचविखन नियन्त्रणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै बस्नेत मंगलबार राति बेलायत प्रस्थान गरेका हुन् ।

एसिया, युरोप र अपि|mकासहित विभिन्न ५० मुलुकका करिब एक हजार पाँचसय प्रतिनिधि सहभागी हुने सम्मेलनको उदघाटन शत्रलाई मन्त्री बस्नेतले बिहीबार सम्बोधन गर्ने कार्यक्रम छ । शुक्रबार मन्त्री बस्नेतले सम्मेलनमा सहभागी हुन आएका विभिन्न मुलुकका राष्ट्रप्रमुख तथा सरकारप्रमुख सहभागी हुने निस्कर्ष बैठकमा समेत मन्तव्य दिने उनको सचिवालयले जनाएको छ ।

सम्मेलन बिहीबार र शुक्रबार बेलायतको राजधानी लण्डनमा हुनेछ । आखेटोपार व्यापारका लागि अवैध वन्यजन्तुको शिकार हुने गरेकाले सो कार्य रोक्ने उद्देश्यले हुन लागेको यो चौथो सम्मेलन हो ।

नेपालले यसपटक पनि वन्यजन्तुको अवैध शिकार रोक्न अंगप्रत्यंगका अवैध ओसारपसार नियन्त्रणमा थप कडाई गर्नुपर्ने अडान दोहोर्‍याउने छ ।

प्रतिक्रिया दिनुहोस्