रोल्पाकी एक १४ वर्षीया किशोरी आफ्नै बाबुबाट बलात्कृत

रोल्पाकी एक १४ वर्षीया किशोरी आफ्नै बाबुबाट बलात्कृत

Tadacip buy online, clomid reviews. असोज २४, रोल्पाकी एक १४ वर्षीया किशोरी आफ्नै बाबुबाट बलात्कृत भएकी छिन् । रोल्पा नगरपालिका–६ कि ती बालिका आफ्नै बाबुबाट पटक–पटक बलात्कार भएको खुलेको हो ।

गत भदौ २७ देखि आफू लगातार तीनपटक बलात्कारमा परेको किशोरीले बताएकी छिन् । आमाको मृत्युपछि बाबुले पटक–पटक बलात्कार गरेपछि बालिका भागेर दाङमा रहेको आफन्तकोमा पुगेकी थिइन् । आफन्तसँग आफू बाबुबाट पटक–पटक बलात्कृत हुने गरेको जानकारी दिएसँगै घटना सार्वजनिक भएको हो ।

बलात्कृत बालिकासँगै आफन्तले रोल्पामा रहेका महिला अधिकारकर्मीको सहयोगमा जिल्ला प्रहरी कार्यालय रोल्पामा उजुरी दिएपछि आरोपीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

४३ वर्षीय आरोपीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखेको रोल्पाका प्रहरी प्रवक्ता सुदर्शन पन्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्