व्यवसायी र इक्यान धरौटीको विरुद्धमा छौं :अधिकारी

व्यवसायी र इक्यान धरौटीको विरुद्धमा छौं :अधिकारी

शैक्षिक परामर्श सेवा आफैमा सेवामूलक व्यवसाय हो । नेपालमा शैक्षिक परामर्श व्यवसायको स्थापना भएकोे धेरै भएको छैन् । तर यो छोटो समयको अन्तरालमा पनि यतिखेर काठमाडौं उपत्यकासहित बाहिरका विभिन्न सहरहरुमा वैदेशिक अध्ययन परामर्श दिने संस्थाहरुको संख्या धेरै छ । काठमाडौंको पुतलीसडकमा अवस्थित डाइनामिक युनिभर्स एजुकेशन प्लस इमिग्रेशन सर्भिसेस प्रा.लि. पनि नेपालकै पुरानो र यो क्षेत्रमा अनुभवि कन्सल्टेन्सी हो । यसै सन्दर्भमा, यसै कन्सल्टेन्सीका सिइओ तथा इक्यानका कोषाध्यक्ष समेत रहेका गोविन्द अधिकारीसँग शैक्षिक परामर्श व्यवसायको सेरोफेरोमा रहेर गरिएको कुराकानीको सम्पादित अंश :
डाइनामिक युनिभर्सको स्थापनाको बारेमा बताईदिनुस न ?
यसको स्थापना सन् २००० मा भएको हो । यसको शाखा कार्यालय सिडनीमा पनि छ । विश्वका उत्कृष्ट शैक्षिक गन्तव्यमा गएर उच्च शिक्षा अध्ययनको वातावरण तयारी गरि त्यहि अनुसार विद्यार्थीहरुलाई परामर्श दिने हाम्रो काम हो । हामीले धेरै विद्यार्थीहरु अध्ययनका लागि पठाइसकेका छौं र हामी राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा ख्याति प्राप्त शिक्षण संस्था र परामर्श दिने संस्थासँग पनि आवद्ध छौं ।

 
कुन–कुन देशको लागि यसले काम गरिरहेको छ ?
यसले मुख्य गरि अष्ट्रेलिया, क्यानाडा, युके, अमेरिका, न्युजिल्याण्ड, जापान लगायत अन्य युरोपियन देशहरुमा उच्च शिक्षाको लागि विद्यार्थीहरु पठाउने काम गरिरहेको छ ।
यहाँबाट वैदेशिक अध्ययन गर्न जान चाहने विद्यार्थीहरुले के–के सुविधा प्राप्त गर्न सक्छन् ?
राष्ट्रिय र अन्तराष्ट्रियरुपमै तालिम प्राप्त विशेषज्ञहरुद्धारा यहाँ परामर्श दिइन्छ । यसको अतिरिक्त अध्ययन गर्न जाने मुलुक र शिक्षण संस्थाको छनोट, भाषा कक्षा, डकुमेन्टेशन गाइडेन्स, प्रोसेसिङका सेवाहरु यहाँबाट दिइन्छ गरिन्छ ।


हजुर त, इक्यानको कोषाध्यक्ष पनि, परामर्श व्यवसायहरुले धरौटी राख्नु पर्ने प्रावधान आउदै छ भन्ने सुनिन्छ, तपाईले अहिलेसम्म धरौटी राख्नु भएको छ ?
के को धरौटी ? ३ देखि ६ महिना लगाएर एउटा विद्यार्थीको काम गर्नुछ अनि त्यसबापत १५ हजार सेवा शुल्क लिने हामी व्यवसायीलाई के को धरौटी ? हामी सम्पूर्ण व्यवसायी र इक्यान यसको विरुद्धमा छौं । यदि धरौटीका कुरा भयो भने यसको विरुद्धमा व्यापक आन्दोलन हुन्छ ।
Silfar for sale, order Zoloft. अन्तमा, वैदेशिक अध्ययन परामर्शको खोजीमा रहेका विद्यार्थीहरुमा के भन्न चाहनु हुन्छ ?
विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुले भविष्यको लागि रिसर्च गर्नु पर्दछ । परामर्श दिने संस्थाको वैधता परिक्षण गर्नु पर्दछ । चिल्ला कुरा र सस्तो प्रचारको पछाडी नपर्दा राम्रो हुन्छ । सक्नु हुन्छ भने वैदेशिक अध्ययन परामर्श सेवा लिन डाइनामिक युनिभर्स एजुकेशन प्लस इमिग्रेशन सर्भिसेसमा आउनुहोस ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.