प्युठानमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

प्युठानमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

असोज २३, प्युठान । उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री बर्षमान पुनको प्रमुख आतिथ्यता तथा माननीय प्रतिनिधी सभाका सासंद तथा पूर्व सभामुख ओनसरी घर्ति को विशिष्ट आतिथ्यतामा प्युठान नगरपालिकामा बिजया दशमीको उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा उर्जा, जलश्रोत तथा सिंचाई सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

Female Cialis no rx, order lioresal.

प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीको अध्यक्षता भएको उक्त कार्यक्रममा प्रदेश संसद, जनप्रतिनिधिहरु, राजनीतिक व्यक्तित्वहरु, कार्यालय प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरु तथा नगरबासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । दिनेश केसीले संचालन गरेको उक्त कार्यक्रममै प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतीले सिंचाई जलश्रोत तथा उर्जा सम्बन्धी ६ बुंदे ज्ञापनपत्र मन्त्रि समक्ष बुझाउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्