खोटाङमा यौन दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष विरुद्ध मुद्दा दर्ता

खोटाङमा यौन दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष विरुद्ध मुद्दा दर्ता

Penegra for sale, order lioresal. असोज २३, खोटाङमा यौन दुर्व्यवहार गरेको आरोपमा वडाध्यक्ष विरुद्ध मुद्दा दर्ता भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं –८ का वडाध्यक्ष लिला चौहान विरुद्ध स्थानीय एक ३३ वर्षिया महिलाले आफुलाई पटक–पटक यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला अदालत खोटाङमा मुद्दा दर्ता गरेकी हुन् ।

चौहानले असोज १६ गते राती १० बजे आफु बस्दै आएको घरमा सुतिरहेको अवस्थामा ढोका खोल्न लगाएको र छिमेकी सम्झी ढोका खोलेर हेर्दा चौहान रहेको र उनले गोप्य कुरा छ भन्दै आफ्नो मन्जुरी विना अंगालो हाल्दै जर्वजस्ती गर्न खोजेको पीडित महिलाले बताएकी छन् । उनले भनिन, “जर्वजस्ती प्रयासको प्रतिकार गर्दै म भागेर घर नजिकैको कोदोबारीमा लुक्न सफल भएँ । भोलिपल्ट उल्टै घट्नाको बारेमा कसैलाई भनिस भने राम्रो नहुने भन्दै चौहानले ज्यान मार्ने धम्किसमेत दिए ।”

यस्तै, वडाअध्यक्ष चोहानले २०७४ साल पौष १८ गते पनि यौन दुर्व्यवहार गरेको पीडित महिलाको भनाई छ । चौहान विद्यालयको विषयमा कुरा गर्नु छ भन्दै साँझमा आएको र “डिउ” ल्याएको छु भन्दै गिलास मागेर रक्सी खान थाले । मैले राति भईसक्यो जानुस भन्दा वोल्ने काम छ भन्दै खाना पकाउँन लगाए, र अनेक प्रसंगका गफ गर्न थाले । मैले खाना पकाएर खुवाई सकेपछि भाँडा सफा गर्दा चौहानले पछाडीबाट आएर अंगालो हालेको र चौहानले आफ्नो गाला मेरो गालमा दल्दै छातीलगायतका संवेदनशिल अंगहरु सुम्सुम्याउँन थालेपछि चौहानको पञ्जाबाट भागेर छिमेकी दिल बहादुरको घरमा गएर साहारा मागेर बँच्न सफल भएको पीडित महिलाले बताईन् ।

उनले भनिन, “संबेदनशील अंगहरुमा छोएर यौन दुर्व्यवहार गर्न खोजेपछि उम्कने प्रयास गर्दा निलडाम नै भएर म केही दिन विरामी नै भए ।”

पौष महिनामा भएको उक्त घटना सार्वजनिक गरे वडाध्यक्षले ज्यान मार्ने धम्की दिएको वावजुत पनि गाउँलेलाई ति महिलाले आफुमाथी यौन दुर्व्यवहार भएको सुनाएपछि वडाध्यक्षले आगामी दिनमा त्यस्तो गलत कार्य नगर्ने भन्दै गाउँलेकोबीचमा घट्ना मिलाईएको समेत रहस्य खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्