टी–२० विश्वकप छनोटमा नेपालको अर्काे फराकिलो

टी–२० विश्वकप छनोटमा नेपालको अर्काे फराकिलो

purchase sildenafil, purchase clomid. असोज २३, मलेसियामा भइरहेको टी–२० विश्वकप छनोट क्रिकेटमा नेपालले अर्को फराकिलो जित प्राप्त गरेको छ । थाइल्याण्डलाई १४० रनले हराएको नेपालले कमजोर भुटानलाई ११७ रनले पराजित गर्यो ।

जितका लागि भुटानले १५१ रनको लक्ष्य पछ्याएकामा १६.४ ओभरमा ३३ रन मात्र बनाउन सक्यो ।
तेन्जिङ वाङचुक जुनियरले ११ रन बनाएको नै सर्वाधिक रन भयो ।

ललित राजवंशी र सन्दीप लामिछानेले समान ३–३ विकेट लिए । बसन्त रेग्मीले २ तथा दिपेन्द्र सिंह ऐरी र शरद भेषवाकरले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओपनिङ ब्याट्सम्यान प्रदीप सिंह ऐरीको नटआउट ७५ रनको मद्धतले ४ विकेटको नोक्सानीमा १५० रन बनायो ।

ऐरीले २ छक्का र ६ चौकाको मद्धतले ६८ बलमा ७५ रन बनाएका हुन् ।

त्यसैगरी अनिलकुमार शाहले २१ बलमा २७, दिपेन्द्र सिंह ऐरीले १० बलमा १५, करण केसीले ५ बलमा नटआउट ११, आरिफ शेखले १५ बलमा १३ रन बनाउँदा विनोद भण्डारी डकआउट भएका थिए ।

एसिया रिजन क्वालिफायर बी मा रहेको नेपाल समूहको शिर्ष स्थानमा रहेको नेपालले भुटानलाई हराएपछि शिर्ष ३ मा रहेर दुई खेल अघि नै सन् २०१९ मा अष्ट्रेलियामा हुने विश्वकपको अर्को चरणमा छानिने लगभग पक्का भएको छ ।

यसअघि नेपालले थाइल्याण्ड, मलेसिया र म्यानमारलाई हराएको थियो ।

७ टिम सहभागी भएकामा शिर्ष तीन टिम अर्को चरणमा पुग्नेछन् । नेपालले अब चीन र सिंगापुरसंग खेल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्