खेलकुद मन्त्री प्रदेशस्तरिय रंगशाला बनाउन कस्सिदै

खेलकुद मन्त्री प्रदेशस्तरिय रंगशाला बनाउन कस्सिदै

buy Apcalis SX online cheap, generic dapoxetine.

अजोस २३, सिंहदरवार । युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार यतिखेर सातै प्रदेशमा रंगशाला बनाउन यतिखेर जोड तोडले कस्सिनु भएको छ । यसैक्रममा हिजो सिंहदरवारस्थित आफ्नै कक्षमा भेटघाट गर्न आएका टर्किस एयरलायन्सका नेपाल हेर्ने महाप्रबन्धक अब्दुल्हा टन्सर केसीसीलाई नेपालको खेलकुद क्षेत्रमा सहयोग गर्न आग्रह गर्नु भएको छ ।

टर्किस एयरलायन्सका ट्राफिक अफिसर निरझर हर्ष बज्राचार्य र कराते खेलाडी तथा प्रशिक्षक राजेन्द्र बहादुर दुलाल पनि सहभागि हुनु भएको उक्त भेटघाटमा मन्त्री सुनार सात प्रदेश मध्ये एउटा प्रदेशमा रंगशाला बनाउन सहयोग भए खेल क्षेत्रमा सहयोग पुग्ने भनाई राख्नु भएको थियो । यस्तै, प्रबन्धक अब्दुल्हाले नेपालको खेल क्षेत्रलाई सहयोग गर्न आफू प्रतिवद्ध रहेको बताउनु भएको थियो । उक्त भेटघाटको संयोजन गर्नु भएको युवा समाजसेवि शंकर न्यौपानेले प्रदेशमा बन्ने रंगशाला कम्तीमा पनि प्रदेशस्तरको खेलहरु आयोजना सहज हुने किसिमको हुनुपर्ने धारणा राख्नु भयो ।


मन्त्री सुनारेले हिजो नै सिंहदरवारस्थित मन्त्रालयको बैठक कक्षमा आयोजित विशेष कार्यक्रमका वीच बेलायतमा गत सेप्टेम्वर २२ र २३ मा भएको कराते खेलमा पदक विजेता नेपाली खेलाडीहरुलाई सम्मान पनि गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्