सोमबारबाट टरिगाँउ विमानस्थलमा हवाइ सेवा सुरु

सोमबारबाट टरिगाँउ विमानस्थलमा हवाइ सेवा सुरु

buy Malegra DXT online, cheap dapoxetine. असोज २२, तुलसीपुर उपमहानगरपालिकाको पहलमा सोमबारबाट टरिगाँउ विमानस्थलमा हवाइ सेवा सुरु भएको छ । तत्कालका लागि सातामा दुइपटक उडान भर्ने गरी नेपाल वायु सेवा निगमको जहाजले सोमवारबाट उडान आरम्भ गरेको हो ।

इन्धन डिपो नहुँदा तत्कालका लागि भैरहवा हुँदै विमान तुलसीपुरमा अवतरण गर्ने नेपाल वायुसेवा निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए । दशैको मुखमा विमान सेवा सञ्चालन हुँदा स्थानीयवासी निकै खुसी भएका छन् ।

उनीहरुले उपमहानगरपालिकालाई पहलकदमी लिएर सातै दिन विमान सेवा सञ्चालनका लागि आग्रह समेत गरेका छन् । तुलसीपुरमा वस्दै आएका पर्शुराम चौधरीले आफ्नै ठाउँमा विमान सेवा सञ्चालन भएका कारण सजिलो भएको वताए ।

वन्द अवस्थामा रहेको तुलसीपुर विमानस्थल सञ्चालनका लागि पछिल्लो समय उपमहानगरपालिकाले पहलकदमी लिएर विमान सेवा आरम्भ गरेको हो । २०६८ सालपछि विभिन्न विमान कम्पनीहरुले वेला वेलामा सेवा दिएपनि नेपाल वायुसेवा निगमले भने पहिलो पटक सेवा दिन आरम्भ गरेको हो ।

धावन मार्ग साँघुरो भएका कारणले तत्कालका लागि सानो आकारको जहाज सञ्चालनमा ल्याइने पनि उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.