‘डा. गोविन्द केसी जोगी हुन्’: गगन थापा

‘डा. गोविन्द केसी जोगी हुन्’: गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले सत्यको पक्षमा उभिएकाहरुको टाउको नगन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा भएको प्रदर्शनमा थापा पनि सहभागी थिए । प्रदर्शनपछि बानेश्वरमा भएको कोणसभालाई सम्बोधन गर्दै थापाले आफू चेतावनी दिन नभई प्रधानमन्त्रीलाई आग्रह गर्न उभिएको बताए ।

संसदमा कतिपयले डा. केसी को हो भनेको सुनाउँदै उनले भने, ‘डा. गोविन्द केसी जोगी हुन्, फकिर हुन्, जो हामी र हाम्रा सन्ततीका लागि लडिरहेका छन् ।’

कतिपयले उनलाई कहिले कांग्रेस त कहिले विवेकशील साझा भन्ने गरेको भन्दै थापाले पार्टीको झण्डामुनी नभएका व्यक्तिहरु मध्ये डा. केसी एक भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्