आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट: नेपालले तेस्रो खेलमा आज थाइल्याण्डसंग प्रतिस्पर्धा

आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट: नेपालले  तेस्रो खेलमा आज थाइल्याण्डसंग प्रतिस्पर्धा

असोज २१, नेपालले आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी’ २०१८ को तेस्रो खेलमा आइतबार (आज) थाइल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो १२ः१५ बाट क्वालालम्पुरको वायुमास ओभल मैदानमा सुरु हुनेछ।

अघिल्ला दुई खेलमा लगातार जित निकालेको नेपालले आज थाइल्याण्डसंग खेल्न लागेको हो। नेपालले गत बुधबार भएको पहिलो खेलमा म्यानमार र दोस्रो खेलमा शनिबार आयोजक मलेसियालाई समान ८ विकेटले हराएको थियो।

जारी प्रतियोगितामा थाइल्याण्ड शीर्ष स्थानमा छ। थाइल्याण्डले ३ खेलबाट ५ अंक जोडेको छ। त्यस्तै २ खेलबाट ४ अंक जोडेको सिंगापुर दोस्रो स्थानमा छ। नेपाल तेस्रो स्थानमा छ। नेपालको पनि समान खेलबाट ४ अंक बनाएपनि रनरेटका आधारमा सिंगापुर भन्दा पछि छ।

नेपालले थाइल्याण्डको पुरुष टोलीसँग खेल्न लागेको यो दोस्रो पटक हो। यसअघि सन् १९९८ को एसीसी ट्रफीमा नेपाल र थाइल्याण्डबीचको खेल तय भएपनि वर्षाको कारण उक्त खेल टस समेत नभई स्थगित भएको थियो।

प्रतिक्रिया दिनुहोस्