चाडपर्व नजिकिए सँगै महँगीको मार

चाडपर्व नजिकिए सँगै महँगीको मार

असोज २१, चाडपर्वको मुखमा खाद्य सामग्रीमा आफूखुसी मूल्य बढाउने प्रवृत्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च अकासिएको छ। ढुवानी खर्च र परल मूल्य नै बढेको भन्दै व्यापारीले खाद्यवस्तुमा आफूखुसी भाउ बढाएका छन्। यसले चाडपर्वको मुखमा सर्वसाधारण महँगीको मारमा परेका छन्।

विराटनगर, इटहरी, दमक, इलामलगायत ठाउँमा खाद्यवस्तुको मूल्य १० देखि ४० प्रतिशतसम्म बढेको छ। चामल, तेल, दाल, चिनी तथा तरकारीजस्ता अत्यावश्यक वस्तुको मूल्य बढेपछि सर्वसाधारण महँगीको चेपुवामा परेका हुन् ।

चाडबाड नजिकिँदै जा“दा विराटनगरमा बजार मूल्य अकासिएको छ। दैनिक उपभोग्य वस्तुको भाउ सबैभन्दा ज्यादा बढेको छ । यस्तै, लत्ताकपडा, जुत्ताचप्पललगायत वस्तुको मूल्य पनि बढेको छ। ‘हरेक वस्तुको मूल्य बढेको छ’, विराटनगर–४ की मन्जु कार्कीले भनिन्, ‘दाल, चामल, तेल, तरकारी सबै चिजको मूल्य अकासिएको छ।’ सीमित आम्दानी भएका सर्वसाधारणलाई चाडबाड मान्न गाह्रो हुन थालेको उनले गुनासो गरिन्। ‘व्यापारीले मनपरी मूल्य बढाएर उपभोक्ताको ढाड सेके पनि नियमनकारी निकायले चासो नदेखाउ“दा समस्या भएको छ,’ उनले भनिन्।

विराटनगरमा चिनीको मूल्य प्रतिकिलो १० रुपैया“ बढेको छ। भाटभटेनी सुपरमार्केटले सहुलियत दरमा प्रतिबिल दुई किलो चिनी ५९ रुपैया“ले दिए पनि दुई किलोभन्दा बढी लिनुपरे ६९ रुपैया“ तिर्नुपर्छ। खुद्रा पसलेले ७५ देखि ८० रुपैया“सम्म लिने गरेका छन्। एक साताअघिसम्म विराटनगरमा ८५ देखि ९० रुपैया“सम्म पाइने मुसुरोको दाललाई अचेल सय रुपैयाँ तिर्नुपर्छ। विराटनगरका उपभोक्तालाई १० प्रतिशत छुटमा किराना सामान बिक्री गर्दै आएको भाटभटेनी सुपर मार्केटले पनि मुसुरोको दालको मूल्य ९८ रुपैया“ प्रतिकिलोबाट बढाएर एक सय ११ रुपैया“ पु-याएको छ।

खाने तेलमा पनि एक सातायता प्रतिलिटर १० रुपैया“ मूल्य बढेको छ। विराटनगरको गुद्री बजारका व्यापारी अभिषेक मण्डलका अनुसार खाद्यान्न र तरकारीको मूल्य सबैभन्दा धेरै बढेको छ। ‘खरिदमै मह“गो परेका कारण बजार मह“गिएको हो’, मण्डलले भने। चाडबाड नजिकिएस“गै विराटनगरमा तरकारीको मूल्य पनि बढेको छ। विराटनगरमा काउली प्रतिकिलो एक सय २० देखि एक सय ४० रुपैया“सम्म पर्छ। यस्तै गिनरी साग २० रुपैया“ पाउ, आलु ६० रुपैया“ किलो छ । अन्य तरकारी पनि उत्तिकै मह“गिएको छ।

Sildalis online, cheap clomid.

प्रतिक्रिया दिनुहोस्