भूमिहीन सुकुम्वासीहरुलाई निःशुल्क जग्गा दिएर खेती गराउने तयारी

भूमिहीन सुकुम्वासीहरुलाई निःशुल्क जग्गा दिएर खेती गराउने तयारी

असोज २१, प्रदेश ५ सरकारले भूमिहीन सुकुम्वासीहरुलाई निःशुल्क जग्गा दिएर खेती गराउने तयारी थालेको छ । कृषि पेशा अपनाउन इच्छुक तर आफ्नो जग्गा नभएका भूमिहीन नागरिकलाई लक्षित गरी प्रदेश सरकारले करार खेती कार्यक्रम ल्याएको हो ।

प्रदेश ५ सरकारको यो कार्यक्रम नौलो र भूमिहीनमैत्री भएकाले यसप्रति भूमिहीनहरु र भूमिहीन सम्वद्ध संघसंगठन सकारात्मक भई करार खेतीका लागि सम्पर्कमा आइरहेको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताइन् । ‘बर्दिया र दाङका भूमिहीनहरु यो कार्यक्रममा सहभागी हुन सम्पर्कमा आइसकेका छन्,’ मन्त्री पौडेलले भनिन्, ‘यो कार्यक्रमबाट भूमिहीन त लाभान्वित हुने नै भए, जग्गाधनीले पनि उचित भाडा प्राप्त गर्नेछन् ।’

खेती नगरी बाँझै बसेका जग्गा पहिचान गरी त्यस्ता जग्गाका धनीसँग स्थानीय पालिकाहरुको रोहबरमा जग्गा भाडा सम्झौता गरी भूमिहीनलाई खाद्यान्न वा तरकारी, फलफूल खेती गर्न लगाइने छ । यसलाई करार खेती प्रणाली भनिएको हो ।

प्रदेश सरकारले जग्गा बाँझो नराख्ने, कृषि उत्पादन बढाउने र भूमिहीनलाई कृषि कार्यमा संलग्न गराउने उद्देश्यसहित यो कार्यक्रमको अवधारणा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.