दशैंका लागि ३० करोडको फलफूल आयात

दशैंका लागि ३० करोडको फलफूल आयात

असोज २१, नजिकिदैँ गरेको नेपालीहरुको महान पर्व दशैंका लागि करिब ३० करोड बराबरको फलफूल आयात हुने भएको छ । आन्तरिक उत्पादनले मुलुकभरको माग धान्न नसक्ने भएकाले ठूलो रकम विदेशीने गरेको हो । अरु समयमा भन्दा दशैंका बेला फलफूलको माग दोब्बरले बढ्ने भएकाले ३० करोड हाराहारीको फलफूल विदेशबाट भित्रिने व्यवसायी बताउँछन् ।

दशैंमा चीनबाट करिब २० करोडको स्याउ आयात हुने नेपाल फलफूल थोक व्यवसायी संघका केन्द्रिय कोषाध्यक्ष काशिराम सापकोटाले जानकारी दिए । उनका अनुसार नेपालमै उत्पादन हुने स्याउले जम्मा १० प्रतिशत माग धान्न भएकाले धेरै स्याउ चीनबाट ल्याइने गरिएको छ ।

‘दशैंमा स्याउको माग दोब्बरले बढ्छ, अहिले चीनबाट दैनिक जसो ५०-६० गाडीमा डेढ सय टन स्याउ भित्रिरहेको छ, दशैंभरीमा ६०० कन्टेनर स्याउ भित्रिन्छ चाइनाबाट’, उनले भने । भारतबाट स्याउको आयात कम हुने गरेको उनले जानकारी दिए । ६० प्रतिशत केरा भने भारतबाट भित्रिने गरेको उनको भनार्इ छ ।

दशैंका लागि ५०-६० टन केरा भारतबाट आउने उनले बताए । ‘आन्तरिक उत्पादनले ४० प्रतिशत माग धान्छ, करिब ३-४ करोडको केरा भारतबाट आउँछ दशैंको लागि’, उनले भने । आयातको कूल परिमाण हेर्दा करिब १५ सय टन फलफूल दशैंलाई लक्षित गरेर भित्रिने थोक व्यवसायी बताउँछन् ।

स्याउ र केराबाहेक सुन्तला, अंगूर, मौसम, पनि विदेशबाटै आयात हुने गरेको छ । सुन्तला भने भारतबाट धेरै भित्रिने गरेको छ । दशैंको बेला सुन्तलाको माग नहुने भएकाले करिब ४ करोडको आयात हुने संघका कोषाध्यक्ष सापकोटाले जानकारी दिए ।

Gold Vigra buy online, purchase lioresal.

प्रतिक्रिया दिनुहोस्