‘खसिनी’ शब्द सामाजिक सञ्जालमा चर्चित

‘खसिनी’ शब्द सामाजिक सञ्जालमा चर्चित

असोज २०, दशैं नजिकिदै गरेको बेला ‘खसिनी’ शब्द सामाजिक सञ्जालमा चर्चित बनेको छ । यो शब्दकी जन्मदाता हुन् आशिका तामाङ । जर्मनीमा बस्ने आशिकाले हालै ‘टिकटक’ मा एउटा भिडियो पोष्ट गरिन् । उक्त भिडियो उनी मासुका लागि जनावरको हत्या नगर्न आग्रह गर्दै क्वा क्वा रोएकी छन् ।

‘मासु खानुहोस, तर खसी-खसिनी नमार्नुहोला,’ भिडियोमा उनी आशु झार्दै भन्छिन्, ‘मारे पनि घरवारबिहिनलाई मात्र मार्नुहोला ।’

करिब ४ मिनेटको यो भिडियोमा उनी अस्वभाविकरुपमा भावुक बनेकी छन् । कतिपयले यसलाई भाइरल हुनका लागि गरेको नौटङ्कीसमेत ठानेका छन् भने धेरैले चाहि उनको ‘निर्दोषिता’ प्रति आश्चर्य व्यक्त गरेका छन् । साथै यति अञ्जान युवती को हुन् भन्ने खुल्दुली पनि धेरैलाई पैदा भएको छ ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.