‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने

‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने

असोज २०, भारतीय टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’को नेपाली संस्करण ‘को बन्छ करोडपति’ आगामी छठपर्वपछि प्रसारण हुने भएको छ ।

एसआरविएन मिडिया प्रालिले बिहिबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी नेपाली पन झल्कने गरी प्रसारण गर्न लागिएको सो कार्यक्रमका संयोजक विपिनकुमार आचार्यले जानकारी दिए ।

नायक राजेश हमालले कार्यक्रमलाई अन्तर्राष्ट्रिय मापदण्ड कायम गरी नेपाली स्वाद दिनु जरुरी रहेको औँल्याए । एपिवान टेलिभिजनबाट प्रसारण हुने उक्त कार्यक्रमको प्रसारणको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

Cialis without prescription, generic clomid.

प्रतिक्रिया दिनुहोस्