अब उड्ने कारको जमाना !

अब उड्ने कारको जमाना !

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा ब्ल्याक फ्लाई नाम गरेको उड्ने कार सार्वजनिक गरिएपछि हाल यसले विश्वभर चर्चा बटुलिरहेको छ । यो कार १० किलोमिटर प्रतिघण्टाको गतिमा ४० किलोमिटरसम्म उड्न सक्ने जनाईएको छ । यसलाई ब्ल्याक फ्लाइ ओपेनर नामक कम्पनीले निर्माण गरेको हो । केहि वैज्ञानिकहरुले मानिसलाई बोक्न सक्ने ड्रोनका रूपमा ब्ल्याक फ्लाइ लाई बुझनु पर्ने बताएका छन् ।

ब्ल्याक फ्लाइ मा भएका ८ वटा पंखाको सहायताले एकजना यात्रुलाई बोकेर उडन सक्ने निर्माण कम्पनीले जनाएको छ । यसलाई घाँसेमैदानबाट उडाउन र अवतरण गर्न सकिन्छ । सुरुमा बजार प्रवेश गर्दा केहि महङ्गो रकम पर्ने भएपनि विस्तारै यसलाई सस्तोमा विक्री गर्न सकिने कम्पनीको दावी छ । अमेरिकाको संघीय उड्डयन प्रशासनको नियमअनुसार यो कार उडाउन पाइलट लाइसेन्स आवश्यक पर्दैन तर चालकले निजी पाइलट लिखित परीक्षा र कम्पनीले दिने सवारीको जानकारीसम्बन्धी सम्पूर्ण तालिम लिइएको हुनु पर्नेछ ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस्

cheap essay help