१६ औं शताब्दीको विवादास्पद, ओली: पूरा पढ्न लिंकमा क्लिक गर्नुहोस्

१६ औं शताब्दीको विवादास्पद, ओली: पूरा पढ्न लिंकमा क्लिक गर्नुहोस्

असोज २०, अहिले नेपालका स्वघोषित कम्युनिष्ट विचारधारामा लागेको बताउने कम्युनिष्ट पार्टीहरुमा हिङ बाँधेको टालो बोकेर सोही नारामा आफ्नो राजनीति गरिरहेका छन् ।

सत्ताको नेतृत्व गरिरहेको दल नेकपाका एक नेता माधवकुमार नेपालले आफ्नो अस्तित्व संकटमा पर्ने देखेपछि विद्रोहको आवास सुरु गरेका छन् भने सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओली एक सत्तावादी प्रवृत्ति देखाएर १६ शताव्दीमा बदनाम बनेको वादलाई काँधमा बोक्न लागेका त होईनन् भन्ने आशंका पनि उब्जिन थालेको छ ।

अहिले ओली जे चाहन्छन् त्यो १६ शताब्दीमा युरोपमा बदनाम बनेको एक सत्तावादको विचारसँग केही मिल्न जान्छ । एकसत्तावाद कुनै पनि राज्य सञ्चालनमा पार्टीगत पद्धतिलाई भन्दा पनि आफ्नो व्यक्तिलाई नै कूल सरकार मान्दछन् । संसद् सोही व्यक्ति अन्तर्गत् हुन्छ, अदालत सोही व्यक्तिको अधिनमा हुन्छ र समग्र शक्ति सोही व्यक्तिमा केन्द्रित हुन्छ । ओलीले पनि सोही सोचाई राखेको देखिन्छ ।

पहिले सरकारमा हुँदा देखि नै प्रतिपक्षलाई वाईपास गरेर एकलव्यक्ति सर्वेसर्वा बन्ने बाटोमा लागेका ओलीले पछिल्लो समय आफ्नै पार्टीका नेताहरुलाई पनि वाईपास गर्न थालेपछि यस्तो आशंका सुरु भएको हो । अहिले प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीको नेतालाई समेत सन्तुष्ट गराउन नसकेर विपक्षी र नेपाली जनताको जगहँसाईरहेका छन् ।

एक सत्तावाद पनि एक राजनीतिक वाद हो । यसमा संस्था र दल हेरिँदैन विचार पनि हेरिँदैन । मात्रै जसले शक्तिले राज्यसत्ता आफ्नो हातमा लिन सक्यो उसैले नेतृत्व पाउँछन् । यसका अनुसार एक प्रादेशिक व्यवस्थामा एक प्रादेशिक राशि हुन्छ । त्यसैमा केवल एक मात्र सर्वाेच्च सत्ताधारी व्यक्तिविशेषले नेतृत्व गरेको हुन्छ ।

सोही विशेष संघबाट नै राज्यको सञ्चालन हुने वाद नै एक सत्तावाद हो । १६ औं शताव्दीमा एकसत्तावाद एक विवादास्पद राज्यसत्ताको व्याख्या गरिएको थियो । गिर्यकले राजसत्तालाई एक जादूकी छडी मान्दछन् । देशभर आफ्नो व्यक्तिगत नीति र योजना लाद्न सकिने मान्यता छ । उनले यो व्यवस्थालाई स्पष्ट नभनेपनि आफ्नो योजना लाद्न शासकले जे सुकै गर्न सकिन्छ ।

buy Viagra Caps, buy zithromax online.

प्रतिक्रिया दिनुहोस्