नोबल शान्ति पुरस्कार विजेताको कथा : बन्धक बनाएर तीन महिना सामूहिक बलात्कार

नोबल शान्ति पुरस्कार विजेताको कथा : बन्धक बनाएर तीन महिना सामूहिक बलात्कार

असोज २०, यस वर्षको नोबेल शान्ति पुरस्कार कंगोकी महिला रोग विशेषज्ञ डेनिस मुकवेगे र महिला अधिकारकर्मी नदिया मुरादलाई दिइएलगत्तै उनीहरुका बारेमा विश्वव्यापी चासो बढेको छ । दुईमध्ये २५ वर्षीया नादियाको कथा दर्दनाक छ ।

नादिया बलात्कार पीडित हुन्, जो अहिले बलत्कारविरोधी अभियन्ता बनेकी छन् । उनलाई २०१४ मा इस्लामिक स्टेटले अपहरण गरेको थियो र तीन महिनासम्म बन्धक बनाएर सामुहिक बलात्कार गरेको थियो । नदिया यसरी सुनाउँछिन् आफ्नो कथा :

इस्लामिक स्टेटका चरमपन्थीहरु आउनुअगाडि म आफ्नो आमा र भाइबहिनीसँग उत्तरी इराकको सिन्जा नजिकै कोचू गाउँमा बस्थेँ । हाम्रो गाउँमा धेरै मानिस खेतीमा निर्भर छन् । म त्यसबेला ६ कक्षामा पढ्थेँ । गाउँमा करिव १७०० मानिसहरु बस्थे र सबै शान्तिपूर्वक नै बसेका थिए । आईएसले सिन्जा वा हाम्रो गाउँमा आक्रमण गर्ने पूर्वचेतावनी पनि दिएको थिएन ।

३ अगष्ट २०१४ मा जब आईएसले याजिदीहरुमाथि आक्रमण गरे, केही मानिस सिन्जातिर भागे । तर, हाम्रो गाउँ धेरै टाढा थियो । हामी भागेर कहिँ जान सक्दैनथ्यौं । हामीलाई ३ देखि १५ अगष्टसम्म बन्धक बनाएर राखे ।

तीन हजारभन्दा धेरै मानिसको हत्या भएको र ५ हजार महिला तथा बालबालिकालाई कब्जामा लिएको खबर आउन थालेको थियो ।त्यसबेलासम्म हामीलाई वास्तविकता थाहा भइसकेको थियो ।

त्यही क्रममा चरमपन्थी आए र हामीलाई कब्जामा लिए । हामी केही गर्न सक्ने अवस्थामा थिएनौं । पुरै घेरिएका थियौं । हामीलाई तीन दिनभित्र धर्म परिर्वतन गर्न चेतावनी दिइयो ।

१५ अगष्टमा म आफ्नो परिवारसँग थिएँ । हामी निकै डराएका थियौं किनकी हाम्रो अगाडि जे भइरहेको थियो, त्यसलाई लिएर हामी भयभीत थियौं । त्यो दिन आईएसका करिव १ हजार लडाकू हाम्रो गाउँमा प्रवेश गरे । उनीहरुले हामीलाई स्कुलमा लगे । स्कुलका दुई भवन थिए ।

पहिलोमा पुरुषहरुलाई राखे भने दोस्रोमा महिला र बालबच्चालाई राखेर हामीसँग भएको सबै खोसे । मोबाइल, पर्स, पैसा सबैथोक । त्यसपछि उनीहरुका नेता ठूलो स्वरले कराए- जो इस्लाम धर्म स्वीकार गर्छन्, कोठा छाडेर जानू ।

हामीलाई थाहा थियो कि जो बाहिर जान्छ, उ मारिन्छ । किनकी उनीहरु याजिदीबाट इस्लाम स्वीकार गर्ने असली मुसलमान हुन् भन्ने मान्दैनन् । पहिले इस्लाम कबुल गराउने र त्यसपछि मार्ने उनीहरुको नियत प्रष्ट थियो । तर, महिला भएको नाताले हामीलाई मादैनन् र अरु काममा लगाउँछन् भन्ने पनि लागेको थियो ।

पुरुषहरुलाई स्कुल बाहिर लगिँदै गर्दा अब के हुन्छ भन्ने कसैलाई थाहा थिएन । एक्कासी गोली चलेको आवाज आयो । त्यहाँ मेरो भाइ र अरु मारिएका थिए । उनीहरुले को बच्चा हुन्, को जवान र को बुढा हुन् हेरेका थिएनन् । हामीले देख्यौं कि पुरुषहरुलाई गाउँ बाहिर लगिँदै थियो । लडाकूले एक जनालाई स्कुलमा छाडे । उनले बताएअनुसार कसैलाई पनि छाडिएन, सबैलाई मारियो ।

उनीहरुलाई मारेपछि हामीलाई अर्को गाउँमा लगियो । त्यसबेलासम्म रात परिसकेको थियो । हामीलाई त्यहाँ पनि स्कुलमा राखियोे । हामीलाई तीन समूहमा बाँडियो । पहिलो समूहमा तन्नेरी महिलाहरु थिए, दोस्रोमा बच्चा र बाँकी तेस्रो समूहमा ।onlinekhabar tadalafil withoutprescription, generic zithromax.

प्रतिक्रिया दिनुहोस्