फस्टाउँदै भ्रष्टचार ! पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर

फस्टाउँदै भ्रष्टचार ! पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष विरुद्ध भ्रष्टाचार मुद्दा दायर

असोज २०, सायद बढ्दो भ्रष्टचारले गर्दा नै होला हाम्रो देश भ्रष्ट हुँदै गएको ! अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्स्ट्रक्सनका तत्कालिन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार उनका छोरा तथा हालका अध्यक्ष सुमितविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बार बर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग गरेको लगायतका आरोपमा रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो ।

संघीय समाजवादी फोरम नेपालबाट सांसदसमेत रहेका रौनियारविरुद्ध अख्तियारले १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो माग दावी गरी मुद्दा दायर गरेको हो ।

अख्तियारले पप्पु कन्स्ट्रक्सनको हालका अध्यक्ष सुमितविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीसँग पनि १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ विगो दावी गरिएको छ ।

यसका साथसाथै अख्तियारले डिभिजन सडक कार्यालय नेपालगञ्जका तत्कालिन डिभिजन प्रमुख भानु जोशी, मनोज श्रेष्ठ र राजेशकुमार तथा एभरेष्ट इन्जिनियरिङ कन्सल्ट्यान्टका प्रोपाइटर कृष्णदेव यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

buy Kamagra Chewable, buy Zoloft online.

प्रतिक्रिया दिनुहोस्