पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय संस्थाहरुलाई ६० दिनभित्र पाकिस्तान छाड्न आदेश

पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय संस्थाहरुलाई ६० दिनभित्र पाकिस्तान छाड्न आदेश

असोज २०, पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय संस्था (एनजीओ) हरुलाई ६० दिनभित्र पाकिस्तान छाड्न आदेश दिएको छ । ति संस्थाहरुलाई आफ्ना सबै काम बन्द गर्न पनि पाकिस्तान सरकारले भनेको छ ।

पाकिस्तानमा मानव अधिकारको उल्लंघन र प्रेस स्वतन्त्रतामा अंकुश लगाउने घटना बढेको बेला सरकारले यस्तो निर्णय लिएको बीबीसीले जनाएको छ । यो निर्णयबाट एक्सन एड, सेभ द चिल्ड्रेन, प्लान इन्टरनेशनल लगायतका संस्थाहरु प्रभावित भएका छन् ।

पाकिस्तानको गुप्तचर विभागले अन्तर्राष्ट्रिय संगठनहरुलाई शंकास्पद दृष्टिबाट हेर्दछ ।

यसअघि सन् २०१७ मा पनि पाकिस्तानले यस्तै निर्णय लिएको थियो तर पश्चिमा सरकारको दबावमा उक्त निर्णय फिर्ता लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.