इन्टरपोलका अध्यक्ष मेंग होंगवेइ सम्पर्कविहीन, वेपत्ता हुनुअघि उनी चीनका लागि प्रस्थान

इन्टरपोलका अध्यक्ष मेंग होंगवेइ सम्पर्कविहीन, वेपत्ता हुनुअघि उनी चीनका लागि प्रस्थान

असोज २०, प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) का अध्यक्ष मेंग होंगवेइ सम्पर्कविहीन भएका छन् । फ्रान्स सरकारले यसबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

इन्टरपोलको मुख्यालय फ्रान्सको लियान शहरमा छ । स्थानीय मिडियाका अनुसार वेपत्ता हुनुअघि उनी चीनका लागि प्रस्थान गरेका थिए ।

उनले २९ सेप्टेम्बरमा फ्रान्स छाडेका थिए । मेंगकी पत्नीका अनुसार उनको कुराकानी सेप्टेम्बरको अन्तिम साता भएको थियो । त्यसपछि मेंगको अत्तोपत्तो छैन ।

सन् २०१६ को नोभेम्बरमा मेंग इन्टरपोलको अध्यक्ष बन्नुअघि चीनमा सामाजिक सुरक्षा उपमन्त्री थिए ।

प्रतिक्रिया दिनुहोस्