गत ९ गते देखि बेपत्ता पौडेको शव भेटियो

गत ९ गते देखि बेपत्ता पौडेको शव भेटियो

असार ३०, पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको छ । असार ९ गते बिहान पोखराबाट हराएका पौडेलको शव शनिबार बिहान भीमाद–६, सेती नदी किनारमा फेला परेको हो ।

२१ दिनपछि भटिएको शव फुलेको, गलेको अवस्थामा भेटिएको भीमाद प्रहरी चौकीले जानकारी दिएको छ । ‘आज बिहान ६ बजेतिर भीमाद सेती नदी किनारमा शव भेटिएको हो’, भीमाद प्रहरी चौकीका सई ज्ञानेन्द्र क्षेत्रीले भने, ‘आफन्त तथा परिवारले शवको पहिचान गरेका छन् ।’

प्रहरीले पत्रकार सम्मेलन गरेरै पौडेल सेतीबाट हाम फालेको र कारणबारे अनुसन्धान भइरहेको बताएको थियो ।

पौडेलले आत्महत्या गर्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help