लन्डनमा ट्रम्पको स्वागत भन्दा विरोध चर्को

लन्डनमा ट्रम्पको स्वागत भन्दा विरोध चर्को

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो बेलायत भ्रमणको सिलसिलामा हिजो लन्डन नजिक अवतरण हुँदा स्वागत गर्ने केहि सय भन्दा हजारौंको संख्यामा रहेका प्रदर्शनकारीले देखाएको “ट्रम्प तिमिलाई स्वागत छैन् ” भन्ने प्ले कार्डहरु र उनको निती विरुद्धका चर्का नाराहरुको सामना गरे ।

खासगरि महिला अधिकारीवादी, जातिय उत्पिडन विरोधी र ट्रम्पको आप्रसी नितीको विरोध गर्नेहरुको जमात लन्डनको सडकमा उत्रिएका थिए । यो प्रदर्शनलाई इराक युद्ध पछिको ठूलो प्रदर्शन भनिएको छ । प्रदर्शनकारीहरुले जातिवादी, महिला विरोधी, प्यालेस्टाइन विरोधी भन्ने प्ले कार्डहरु प्रदर्शन गरिरहेका छन् । यस्तै, बेलुनहरु पनि उडाइएको थियो । यसअघि लन्डनका मेयरले पनि डोनाल्ड ट्रम्पको विरोध गर्न शार्वजनिक अपिल गरेका थिए ।
हेर्नुस भिडियो :

प्रतिक्रिया दिनुहोस्