विदा नलिदा स्वीडेनमा नेपालीले देश छोड्नु पर्नेभो

विदा नलिदा स्वीडेनमा नेपालीले देश छोड्नु पर्नेभो

काठमाडौं । नेपालमा थोरै तलवमा पनि धेरै काम गर्न कामदारहरुलाई दवाव दिइने गरिएको छ । धेरै विदा बस्नेको त तलवमात्र कट्टा हुँदैन कहिले त जागिरै चट हुन्छ तर स्वीडेनमा विदा कम बस्ने नेपाली कामदारलाई देश नै निकाला गरिएको घटनाले अच्चमित तुल्याएको छ ।
स्वीडेनको एक रेष्टुरेन्टमा कुक रहेका नेपाली कामदारलाई स्वीडेनले आफ्नो देश फर्किन आदेश दिएको हो । उनको ‘अपराध’ थियो, एक दिन पनि विदा नबसी लगातार काममा आउनू ।

स्वीडेनको माइग्रेसन एजेन्सीले ४४ वषर्ीय गणेश बिष्टलाई देश छोड्न आदेश दिएको हो । उनले पहिलेको जागिरमा पर्याप्त बिदा नलिएको आरोप लगाइएको छ । वर्किङ भिसामा सन् २०१३ मा नेपालबाट स्विडेन आइपुगेका बिष्ट भ्यानर्सवर्गमा एक रेष्टुरेन्टमा कुकको काम गर्छन् । उनी र उनकी श्रीमतिले एक अपार्टमेन्ट खरिद गरेका छन् । उनीहरुका नौ र १३ वर्षका दुई बच्चाहरु स्थानीय विद्यालयमा अध्ययनरत छन् । यसरी यो परिवारले स्विडेनमा एक व्यवस्थित जीवन बिताइरहेको छ ।

तर, अक्टोबर २०१७ मा उनको परिवार भ्यानर्सबर्गमा सरेको एक वर्षपछि बिष्टको वर्क पर्मिट नविकरणको लागि दिएको निवदेनलाई स्विडिस माइग्रेसन एजेन्सीले अस्विकार गरिदियो । त्यसको निर्णयमा बिष्टलाई चार साताभित्र स्विडेन छोड्न भनिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.