सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

असार २९, सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका सल्लेमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

मेलम्चीबाट भोताङ जाँदै गरेको लु १ च ९९९ नम्बरको जीप बिहीबार साँझ थाङपालकोट र थाङपालधापको सिमानामा पर्ने फ्याफुला डाँडामा दुर्घटना भएको थियो । तीन जनाको घटनास्थलमै र दुई जनाको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुमा भोताङका ७५ वर्षीय भिमबहादुर तामाङ, भोताङकै ५५ वर्षीया जयरामी तामाङ, ५३ वर्षीया नानी तामाङ, ५६ वर्षीय बोधोम तामाङ र २५ वर्षीया सुनमाया तामाङ छन् । बोधोम र सुनमायाको उपचारको लागि लैजाँदै गर्दा र अन्यको घटनास्थलै मृत्यु भएको हो ।

baclofen online, zithromax reviews.

प्रतिक्रिया दिनुहोस्