अमेरिकामा अन्धाधुन्ध गोली प्रहार ७ प्रहरी अधिकारीमध्ये १ जनाको मृत्यु

अमेरिकामा अन्धाधुन्ध गोली प्रहार ७ प्रहरी अधिकारीमध्ये १ जनाको मृत्यु

असोज १८, अमेरिकाको दक्षिण क्यारोलिनामा बन्दुकधारीले बन्धक बनाएका बालबालिका छुटाउन पुगेका प्रहरीमाथि अन्धाधुन्ध गोली प्रहार भएको छ ।

बन्धक बालबालिका छुटाउन गएको प्रहरी अधिकारीमाथि अमेरिकामा अन्धाधुन्ध गोली प्रहार भएको हो । गोली लागी घाइते ७ प्रहरी अधिकारीमध्ये १ जनाको मृत्यु भएको छ ।

बन्धक बनाइएका बालबालिका भने सकुशल उद्धार गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण क्लालिफोर्नियाका गभर्नर हेनरी क्याकमास्टरलाई उद्धृत गर्दै प्रहरीमाथि बन्धुकधारीले गोली प्रहार गरेको पुष्टि गरेका छन् ।

घाइतेको अहिले उपचार भइरहेको छ । तीमध्ये १ को अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्