भिजिट नेपाल २०२० मा भारती र चिनियाँ पर्यटकलाई पहिलो प्राथमिकता

भिजिट नेपाल २०२० मा भारती र चिनियाँ पर्यटकलाई पहिलो प्राथमिकता

असोज १७, सरकारले भिजिट नेपाल २०२० मा भारती र चिनियाँ पर्यटकलाई पहिलो प्राथमिकता दिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले मंगलबार आयोजना गरेको कार्यक्रममा सरकारले यस्तो धारणा राखेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले भिजिट नेपाल वर्ष सन् २०२० मा भारत चिनियाँ पर्यटकलाई पहिलो प्राथमिकता दिने बताए । ‘सरकारले दुई ठूला देशका पर्यटकलाई पहिलो प्राथमिकतामा राखेको छ । नेपालको पर्यटन क्षेत्रमा चीन र भारतको ठूलो योग्दान छ,’ पर्यटन मन्त्री अधिकारीले भने, ‘हामीले अन्य देशका पर्यटकलाई पनि उत्तिकै प्राथमिकता दिन्छौं । समग्रमा अहिले भारत र चीन पहिलो प्राथमिकतामा परेका छन्।’

वल्र्ड टुरिजम काउन्सिलको रिपोर्टअनुसार नेपालको जिडिपीमा पर्यटनको ७.८ प्रतिशत योगदान रहेको मन्त्री अधिकारीले बताए । तर, सञ्चारमाध्यमले गलत तथ्यांक प्रयोग गरेको समेत उनले टिप्पणी गरे । ‘आगामी १० वर्षभित्र २० प्रतिशत जिडिपी पुर्याउने लक्ष्य छ,’ मन्त्री अधिकारीले भने, ‘यसका लागि सरकारले लगानी गर्न तयार हुनुपर्छ । पर्यटन क्षेत्रमा निजी क्षेत्रको ठूलो योगदान रहेको छ।’

कार्यक्रममा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ५५ प्रतिशत सम्पन्न भएको उनले जानकारी दिए । करिब ६ महिनाभित्र नयाँ रन वेबाट उडान सुरु गर्ने मन्त्रीको भनाइ छ ।

यस क्षेत्रबाट वैदेशिक रोजगारीका लागि उडान गर्ने तयारी रहेको मन्त्री अधिकारले बताए।

zoloft online, cheap lioresal.

प्रतिक्रिया दिनुहोस्