आइसिसी विश्व ट्वान्टी–२० नेपालले म्यानमारलाई ८ विकेटले पराजित

आइसिसी विश्व ट्वान्टी–२० नेपालले म्यानमारलाई ८ विकेटले पराजित

असोज १७, आइसिसी विश्व ट्वान्टी–२० एसिया छनोट ‘बी अन्तर्गतको खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पराजित गरेको छ। मलेसिया स्थित किनरारा एकेडेमि मैदान क्वालालम्पुरमा सम्पन्न खेलमा तुलनात्मक रुपमा कमजोर टोली म्यानमारमाथि नेपालले ८ विकेटको जित हात पारेको हो।

टस हारेर पहिले बलिङ गरेको नेपाली टोलीले म्यानमारलाई १० ओभरमा अल आउट गर्दै २९ रनको स्कोरमा समेट्यो। नेपाली बलिङ सामु निरिह बनेको म्यानमारलाई सस्तैमा समेट्ने क्रममा सन्दिप लामिछानेले ४ तथा ललित राजवंशीले ३ विकेट लिए।

म्यानमारका कप्तान लिन अङगले १६ रन जोड्नु वाहेक अन्य खेलाडीहरुले दोहोरो अंक समेत छुन सकेनन्। ३० रनको सामान्य विजयी लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रीएको नेपालले उक्त लक्ष्य ३ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्यो। Kamagra Gold no rx, buy Zoloft online.

प्रतिक्रिया दिनुहोस्