निर्मलाको लागि न्याय माग्दै कैलालीका विद्यार्थी आन्दोलित

निर्मलाको लागि न्याय माग्दै कैलालीका विद्यार्थी आन्दोलित

असोज १७, सुदुरपश्चिमको कञ्चनपुरकी १३ वर्षिय बालिका निर्मलापन्तको बलात्कार पछि हत्या भएको ६४ दिन पुगीसक्दा पनी सरकराले अपराधी पत्ताा लगाउन सकेको छैन । बालिका हत्याको विरोधमा देशव्यापी आन्दोलन र प्रर्दशन भइरहदा कैलालीका बालिका विद्यार्थी समेत आन्दोलित बनेका छन ।

हत्यामा संलग्नलाई कारबाहिको साटो सरकार अपराधी बचाउमा लागीरहेको भन्दै दोषिलाई कारबाहिको माग सहित लम्कीचुहा नगरपालिका अन्तरगत बिभिन्न विद्यालयमा अध्यनरत बालिकाहरुले पुर्वपश्चिम महेन्द्रराजमार्गको लम्की चौराहामा करीब डेढ घण्टा चक्काजाम सहित कोणसभा गरेका छन् ।

विभिन्न विद्यालयवाट स्वस्फुर्तरुपमा आन्दोलनमा सहभागी भएका विद्यार्थी बालिकाहरुले सरकारको यस्तो कदमले आफुहरु शशंकीत मात्र नभइ ढुक्कसंग हिडडुल गर्न समेत असहज भइरहेको भन्दै आक्रोसित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.