काठमाडौंको गोठाटारमा एक बालक अपहरण

काठमाडौंको गोठाटारमा एक बालक अपहरण

असोज १७, काठमाडौंको गोठाटारमा एक बालक अपहरणमा परेको जानकारी प्रहरीमा आएपछि प्रहरीलाई पत्ता लगाउनै हैरान भएको छ । काँडाघारी प्रभागका अनुसार दुई जना वृद्ध महिलाले एउटा गाडीमा बालक रोएको आवाज सुनेपछि प्रहरीमा फोन आएको थियो ।

लगत्तै प्रहरीले सीसीटिभी फुटेज जाँच गर्न थालेको छ । तर, प्राविधिक टोली समयमा नआएका कारण अपहरणबारे यकिन विवरण आउन सकेको छैन । याेसँगै बाक्लाे रुपमा प्रहरी परीचालन गरिएकाे छ ।

स्थानीयले भने ८ वर्षीय बालक अपहरणमा परेको भनेका छन् । तेज विनायक विद्यालयमा नजिकैबाट एउटा गाडीमा बालक रोइरहेको आवाज आएको ती महिलाले प्रहरीलाई बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्