इन्डोनेसियामा पटक-पटकको भुकम्प र सुनामीमा परी मृत्यु हुनेको संख्या १३ सय नाघ्यो

इन्डोनेसियामा पटक-पटकको भुकम्प र सुनामीमा परी मृत्यु हुनेको संख्या १३ सय नाघ्यो

असोज १७, इन्डोनेसियामा गत शुक्रबार गएको शक्तिशाली भूकम्प र त्यसपछि आएको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या १३ सय पुगेको छ । साठी हजार भन्दा बढी व्यक्ति विस्थापित भएका छन् ।

राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो नुग्रोहोका अनुसार ६५ हजार ७३३ घरहरू भत्किएका छन् भने सयौंको संख्यामा विद्यालय भवन, चर्च, होटल र ठूला व्यापारिक भवनमा क्षतिग्रस्त भएका छन् ।

मंगलबार एक होटलको भवन भग्नाबशेषबाट १५ जनालाई उद्धार गरिएको थियो । अझैपनि मानिसहरू भग्नाबशेषमा जीवित रहेको आशमा उद्धार कार्य जारी राखिएको छ ।

शुक्रबार क्रमशः ६.०, ७.४ र ६.१ म्याग्निच्युडको भुकम्पपछि आएको सुनामीमा परी सुलावेसीको प्रान्तीय राजधानी पालु सबैभन्दा बढी प्रभावित भएको छ ।

buy Eriacta online, zithromax reviews.

प्रतिक्रिया दिनुहोस्