असोज १६, माली र नाइजेरियाको सीमा क्षेत्रमा भएको हिंसात्मक घटनामा २५ भन्दा बढीको ज्यान गएको छ ।
‘गत शुक्रबार र शनिबार मात्रै कम्तीमा २५ नागरिक मारिएका छन्, उनीहरु अमालौलौमा हतियारधारीहरूको आक्रमणबाट मारिएका हुन्,’ स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै एएफपीले लेखेको छ ।
स्थानीय सुरक्षा स्रोत र अर्का १ सरकारी अधिकारीले पनि यो तथ्यको पुष्टि गरेको समाचारमा जनाइएको छ ।
मोटरसाईकलमा आएका आक्रमणकारीहरुले मानिसहरु बसिरहेको स्थानमा अन्धाधुन्ध गोली वर्षाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले लेखेका छ ।
प्रतिक्रिया दिनुहोस्