त्रिशुली जलविद्युत केन्द्रमा आगलागी

त्रिशुली जलविद्युत केन्द्रमा आगलागी

असार २६, नुवाकोटको त्रिशुली बजारमा रहेको त्रिशुली जलविद्युत केन्द्रमा आगलागी भएको छ ।

आगलागी हुँदा विद्युत पावर हाउसबाट विद्युत बाहिर पठाउने ४ वटा ब्रेकर जलेर नष्ट भएको नुवाकोटमा प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए । विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ । ‘मुसा भित्र छिरेर विद्युत सर्ट भएको अनुमान गरिएको छ’ उनले भने ।

३४ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाबाट हाल ३० मेगावाट विद्युत उत्पादन भइरहेको थियो ।

आगलागीबाट आर्थिक रुपमा ठूलो क्षति भए पनि प्राविधिक मुल्यांकनपछि मात्र क्षतिको विवरण सार्वजनिक गर्ने विद्युत आयोजनाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.