महोत्तरीमा १७ लाख २५ हजार रुपैयाँ लुटियो

महोत्तरीमा १७ लाख २५ हजार रुपैयाँ लुटियो

असार २६,  महोत्तरीको जलेश्वरमा बैंकबाट पैसा झिकेर फर्किने क्रममा एक युवकको १७ लाख २५ हजार रुपैयाँ लुटिएको छ ।

अज्ञात समूहले मंगलबार दिउँसो सरपल्लो बजारका सञ्जिव शाहको साथबाट रकम लुटेको हो । उनी मनी ट्रान्सफरका सञ्चालक हुन् ।

रकम निकालेर सरपल्लोतर्फ फर्किने क्रममा नकाबधारी समूहले रकम लुटेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

cheap essay help