अब राजदुत हुन स्नातक र अंग्रेजी अनिवार्य

अब राजदुत हुन स्नातक र अंग्रेजी अनिवार्य

असार २५, राजदूत वा कुटनीतिक नियोगको प्रमुख हुने व्यक्तिको न्यूनतम शैक्षिक योग्यता स्नातक हुनैपर्ने गरी सरकारले निर्देशिका पारित गरेको छ ।

आइतबार पारित भएको निर्देशिका अनुसार राजदूत हुन कम्तिमा स्नातक गरेको र अंग्रेजी भाषामा दख्खल हुनुपर्नेछ ।

यसअघि परराष्ट्र मन्त्रालयका सह-सचिवबाट राजदूत हुने बाहेक बाहिरबाट नियुक्ति पाउनेको शैक्षिक योग्यता अनिवार्य थिएन । जति कक्षा पढेको व्यक्ति पनि राजदूत हुन पाउने यसअघिको प्रावधान अब खारेज भएको छ ।

नेपाल सरकारले छिमेकी भारत गायत चारवटा देशमा राजदूतहरु नियुक्त गर्न सकेको छैन ।

अघिल्लो सरकारले कतिपय देशमा विवादास्पद म्यानवापर व्यवसायीसमेतलाई नियुक्त गरेको हुनाले तिनीहरु पनि फिर्ता हुन सक्ने अनुमान गरिँदै आएको छ ।

ओली सरकारले अघिल्लो सरकारबाट नियुक्त सबै राजदूत फिर्ता बोलाउन सक्ने चर्चासमेत चलिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्