उपकुलपति कोइरालाले शिक्षा मन्त्रालयबाट विदेश भ्रमण अनुमति नलिईएको पुष्टि

उपकुलपति कोइरालाले शिक्षा मन्त्रालयबाट विदेश भ्रमण अनुमति नलिईएको पुष्टि

असार २५, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा. डा. कुलप्रसाद कोइरालाले विदेश भ्रमणका लागि अनुमति नलिएको प्रष्ट पारेको छ ।

मन्त्रालयका प्रवक्ता वैकुण्ठप्रसाद अर्यालले  एक विज्ञप्ति जारी गर्दै  उपकुलपति कोइरालाले  तालुक मन्त्रालयबाट विदेश जाने अनुमति नलिएकाे बताएका छन् ।

क्यानडामा हुन लागेको संस्कृत सम्मेलनमा भाग लिन त्यसतर्फ जाँदै गरेका कोइरालालाई शनिबार साँझ विमानस्थलबाट फर्काइएको थियो ।

कोइरालालाई विमानस्थलबाट प्रधानमन्त्री निवासमा ल्याएर राखिएको भन्दै सरकारको आलोचना भइरहेका बेला शिक्षा मन्त्रालयले कोइरालाले अनुमति नलिएको जनाएको हो ।

 

प्रतिक्रिया दिनुहोस्