धार्मिक समूहका एक नेतालाई जापान सरकारले मृत्युदण्ड

धार्मिक समूहका एक नेतालाई जापान सरकारले मृत्युदण्ड

असार २२, ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने र २३ वर्षअघि टोकियोको एक सब-वेमा विशालु ग्यास आक्रमण गर्ने धार्मिक समूहका एक नेतालाई जापान सरकारले मृत्युदण्ड दिएको छ ।

आसहारासहित ७ जनालाई टोकियोको हिरासत घरमा शुक्रबार बिहान मृत्युदण्ड दिइएको हो । आसहारा ब्रह्माण्ड ध्वस्त हुँदैछ भनेर हल्ला फैलाउने अम सिनरिक्यो समूहका नेता हुन् ।

उनी सन् १९९५ को २० मार्चमा टोकियोको एक सब-वेमा स्नायू प्रणालीमा असर पुर्‍याउने विशालु ग्यास आक्रमण गर्ने मुख्य योजनाकार हुन् । जापानको अहिलेसम्मकै हिंसात्मक मानिने उक्त आक्रमणमा १३ जनाको मृत्यु भएको थियो भने हजारौं घाइते भएका थिए ।

त्यसपछिका महिनाहरूमा उक्त सम्प्रदायका सदस्यहरूले विभिन्न स्थानमा हाइड्रोजन साइनाइडको प्रयोग गरी आक्रमण गर्ने प्रयास गरेका थिए ।

कम अपराध हुने र सामाजिक एकताको नमूना देश मानिने जापान उक्त आक्रमणपछि स्तब्ध बनेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.