नेपालमा महिलामा हुने क्यान्सरमध्ये दोस्रो नम्बरको स्तन क्यान्सर सम्बन्धि जनचेतना महिना सुरु

नेपालमा महिलामा हुने क्यान्सरमध्ये दोस्रो नम्बरको स्तन क्यान्सर सम्बन्धि जनचेतना महिना सुरु

असोज १५, महिलामा हुने क्यान्सरमध्ये दोस्रो नम्बरको स्तन क्यान्सर किशोरीहरुमा समेत देख्न थालेको छ । किशोरीलाई पनि स्तन क्यान्सर देखिएकोले यसबारे सचेत हुनुुपर्ने स्तन क्यान्सर विशेषज्ञहरुले बताएका छन ।

सुरुमै पत्ता लगाउन सके स्तन क्यान्सर रोगबाट स्तन संगै ज्यान पनि  बचाउन सकिने स्तन क्यान्सर शल्यचिकित्सक  कपिन्द्रशेखर अमात्यले जानकारी दिए ।

नेपालमा स्तर क्यान्सर बढ्दै गएपनि शुरुमै पहिचान भएमा ९० प्रतिशत भन्दा बढीमा निको हुने गरेको छ । क्यान्सर मध्ये स्तन क्यान्सरबाट मर्ने विरामीको संख्या नेपालमा मात्र नभई विश्वमै घटदै गएको छ ।

नेपालमा वर्षेनी ५ हजार महिलामा स्तन क्यान्सर पहिचान हुने गरेको छ । नेपालमा विशेषगरी ४० देखि ५० वर्षका महिलाहरुमा क्यान्सर हुने गरेको डा. अमात्य बताए । विश्वका अन्य देशमा भने ५० वर्षमाथीका महिलाहरुमा क्यान्सर हुने गरेको छ ।

स्तन क्यान्सरविरुद्ध जनचेतना जगाउने उद्देश्यले अक्टोबर १ देखि स्तन क्यान्सर सम्बन्धि जनचेतना महिना सुरु भएको छ  । हम्रो घरका आमा दिदीबहिनीहरुलाई स्तन क्यान्सर मुक्त दशै दिऔं भन्ने नाराका साथ स्तन क्यान्सर जनचेतना महिना सुरु भएको छ  ।

नेपाल क्यान्सर अस्पतालले यसपालीका दशै महिला दिदीबहिनीलाई स्तन क्यान्सरबाट मुक्त गर्नका लागि समयमै पहिचान गरी उपचार सुरु गर्न जनचेतनामुलक अभियान सुरु गरीएको क्यान्सर शल्य चिकित्सक  कपिन्द्र शेखर अमात्यले जानकारी दिएका छन् ।

विश्वभर अक्टोबर महिनालाई स्तन क्यान्सर जनचेतना महिनाका रुपमा मनाउने क्रममा यस सम्बिन्धि सेवा दिइरहेका अस्पतालहरुले विभिन्न सेवामा छुट सहितमा कार्यक्रम सुरु गरेका छन्  ।

प्रतिक्रिया दिनुहोस्