रुरु गाउँपालिका गुल्मी जिल्लाकै समृद्ध र नमुना बन्दैंछ: अध्यक्ष गौतम

रुरु गाउँपालिका गुल्मी जिल्लाकै समृद्ध र नमुना बन्दैंछ: अध्यक्ष गौतम

कविता पोखरेल
माघ १४, रुरु गाउँपालिका । स्थानीय सरकारकारको व्यवस्थापन पछि मुलुकको विभिन्न क्षेत्रमा जनप्रतिनिधिहरुले खेलेको भुमिका र विकास निर्माणको कार्य गतिलो उदाहरण बनेको अवस्था छ । यसैं, सन्दर्भमा गुल्मी जिल्लाको रुरु गाउँपालिकामा पनि विकास निर्माणको कार्यले तिव्रता पाएसँगै यसको ज्वलन्त उदाहरण बनेको छ । सरकार गठन भएको करिब साढे ३ वर्षको अवधिमा अध्यक्ष निलकण्ठ गौतमले चाल्नु भएको कदम उक्तिकै अनुकरणीय र प्रसंसा योग्य रहेको छ ।

पालिकादेखि वडा कार्यलयलाई जोड्ने मुख्य सडक निर्माण कार्य सम्पन्न भएको अध्यक्ष गौतमले बताउनु भयो । उक्त सडक सञ्जालको काम सम्पन्न भए पछि नियमित रुपमा सवारी साधनहरु चल्ने भएको हुनाले आम सर्वसाधनहरुलाई यात्राको लागि सहज भएको र विगतको जस्तो कठिनाई भोग्नुपर्ने बाध्यता हटेको छ । पालिकाको सबै वडामा स्वास्थ्य सेवाको पहुच पु¥याउनको लागि स्वास्थ्य भवन निर्माण सम्पन्न गर्नुका साथै पालिकाकै पहलमा ५ शैयाको कोभिड अस्पतालको व्यवस्था गरेको छ । सो, व्यवस्थाले आम नागरिकहरु लाभान्वित हुनेछन् ।

यस्तै, कालीगण्डकी नदीले वर्षा यामको समयमा प्रभाव पार्ने भएकोले नियन्त्रणको लागि जलासय बनाउने योजनामा छौं र सो योजनाको लागि डि.पी.आरको काम सम्पन्न भएको पालिकाका, अध्यक्ष गौतमले भन्नुभयो । खानेपानीको वृहत योजना गर्दै पालिकामा एक घर एक धाराको अभियानको काम ९० प्रतिशत सम्पन्न भएको छ । उहाँले भन्नुभयो, वृहत खानेपानीको आयोजनाले पालिकाको आम नागरिकहरु लाभान्वित हुनेछन् ।

पर्यटकीय क्षेत्रको हिसाबले यस पालिका निकै निकै सम्भावना बोकेको र महत्वपूर्ण क्षेत्र रहेको भएका ऐतिहासिक कुराहरुलाई संरक्षण गर्नुका साथै विभिन्न मठ मन्दिरहरु निर्माण गर्ने काम जारी रहेको अध्यक्ष गौतमले जनाउनु भयो । शैक्षिक क्षेत्रमा पालिकाको सम्पूर्ण विद्यालयहरुमा सर्वसुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्नुका साथैं विद्यालयमा आवश्यक भौतिक संरचनाहरु निर्माण गरेको छ । स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुलाई पालिकाले बजारीकरण गर्नुका साथैं युवाहरुलाई पशुपालन र विभिन्न उन्नत जातको विउ विजन वितरण गरेको छ ।

आम नागरिकहरुको साथ र सहयोगले विगतको तुलनामा भन्दा चौतर्फी विकास निर्माण भइरहेको हुनाले गुल्मी जिल्लाकै एक समृद्ध र नमुना पालिका बन्ने अध्यक्ष गौतम बताउनु हुन्छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना संक्रमण न्यूनीकरणको लागि पालिकाले आम नागरिकहरु समक्ष सतर्कता अपनाएको थियो । साथैं, आवश्यक मास्क, स्यानीटाइजर र स्वास्थ्य सामाग्रीहरु समेत वितरण गरेको थियौं अध्यक्ष गौतमले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्