इन्डोनेसियामा शक्तिशाली भुकम्पसँगै आएको सुनामीमा ज्यान गुमाउनेको संख्या ८३२

इन्डोनेसियामा शक्तिशाली भुकम्पसँगै आएको सुनामीमा ज्यान गुमाउनेको संख्या ८३२
People survey damage outside the shopping mall following earthquakes and tsunami in Palu, Central Sulawesi, Indonesia, Sunday, Sept. 30, 2018. Rescuers try to reach trapped victims in collapsed buildings after hundreds of people are confirmed dead in a tsunami that hit two central Indonesian cities, sweeping away buildings with massive waves. (AP Photo/Tatan Syuflana)

असोज १५, इन्डोनेसियाको सुलावेसी टापुमा शुक्रबार आएको शक्तिशाली भूकम्प र त्यसबाट सिर्जित विनाशकारी सुनामीका कारण मृत्यु हुनेहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

स्थानीय अधिकारीहरुले आइतबार दिएको पछिल्लो विवरण अनुसार मृत्यु हुनेको संख्या ८३२ पुगेको छ । उनीहरुले खोजी र उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने जनाएका छन् ।

मृत्यु भएकामध्ये अधिकांश पालु नगरका स्थानीयबासी रहेका छन् । अरु सयौँ घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको अधिकारीहरुको भनाइ छ । अस्पतालका भवनहरूमा पनि क्षति भएकाले घाइतेहरूको उपचार खुल्ला ठाउँमा त्रिपाल टाँगेर भइरहेको छ ।

कतिपय मृत्यु भएकाहरुको शब सडकमै छरिएको अवस्थामा भेटिएको छ । भूकम्प र त्यसपछिको सुनामीका कारण ५०० जना भन्दा बढी घाइते भएको जनाइएको छ ।

इण्डोनेशियाको तटीय शहर पालुमा शुक्रबार ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्पसँगै आएको सुनामीले व्यापक क्षति गरेको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्

buy baclofen online cheap, buy clomid online cheap.